Saturday, April 27, 2019

मानिसमा हुनुपर्ने ३२ गुणहरु

यस अङ्कमा मैले मानिसमा हुनुपर्ने ३२ गुणहरुको सुची तयार गरेको छु । आशा छ यहाँहरुलाई उपयोगी हुनेछ ।
१.      पद्यासनमा बस्दा वृताकार (गोलो) आसनमा हुनु ।
२.      हातका औलाँ लामा- लामा हुनु ।

३.      औलाँका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेको हुनु ।
४.      छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु ।
५.      शरीरमा विभिन्न सात सुगन्ध हुनु ।
६.      हरिणका जस्ता फिला हुनु ।
७.      गुप्ताङ्कहरु गुप्त रहनु ।
८.     शरीरको माथिल्लो भाग सर्लक्क मिलेको हुनु ।
९९.      शरीरका सम्पुर्ण अङ्गहरु सुगठित हुनु ।
१०.  काँध पुष्ट, चौडा र गोलो हुनु ।
११.  पाखुरा राम्ररी फर्कने हुनु ।
१२.  पाखुरा लामा हुनु ।
१३.  सम्पुर्ण शरीर तेजोमय हुनु ।
१४.  शख समान घाँटी हुनु ।
१५.  सोझो र सिहको जस्तो चिँउडो हुनु ।
१६.  ३२ वटा दाँत हुनु ।
१७.  चम्किला र टमक्क जोडिएका दाँत हुनु ।
१८.  समान मिलेका दाँत हुनु ।
१९.  बगरा स्वच्छ र सुन्दर हुनु ।
२०.  जिब्रो लामो हुनु ।
२१.  विभिन्न सानो भन्दा सानो स्वाद लिने शक्ती हुनु ।
२२.  पातलो स्वर हुनु ।
२३.  विभिन्न बिषयमा ज्ञानको चासो राख्ने बानी हुनु ।
२४.  कुरामा अडिक रहनु ।
२५.  आँखीभौँका बीच रौकै कोमल र सुक्ष्म रेखा हुनु ।
२६.  मिलेको कपाल हुनु ।
२७.  अल्छी नहुनु ।
२८.  अरुलाई चाँडै प्रभावमा पार्न सक्ने क्षमता हुनु ।
२९.  शरीरमा धेरै र परस्पर टाँसीएका नरम र दाहिने तिर घुमेका रौ हुनु ।
३०.  चमक्क चम्किने केश हुनु ।
३१.  स्वभाव लज्जालु हुनु ।
३२.  दृढ स्वभाव हुनु ।


Share:

Related Posts:

0 comments:

Post a Comment

Recent Posts