Saturday, August 25, 2018

बेताली, रामेछाप निवासी नव गायक सञ्जिव बुढाथोकीको 'केही यादले' नामक मार्मिक तथा मन छुने आधुनिक गीत सार्वजानिक । एक पटक हेर्नै पर्ने भिडियो - Cmadhav

गत साता गोकुलगङ्गा गाउँपालिका वडा न. ४, बेताली, रामेछाप निवासी नव गायक सञ्जिव बुढाथोकीले 'केही यादले' नामक आधुनिक गीतको भिडियो सार्वजानिक गरेका छन् ।  
उनको यो पहिलो गीत हो । निकै नै मार्मिक शब्द रचना तथा स्वर, सङ्गित भएको गीतमा शब्द रचना तथा स्वर सञ्जिव बुढाथोकी स्वयम्को रहेको छ भने सङ्गीत लक्छुप्रकाश मल्लको छ । भिडियोको निर्देशन राजन महर्जनले गरेका छन् त्यस्तै अनुजा भुजेल, लक्षमण भण्डारी र केदार बस्नेतको अभिनय रहेको छ । भिडियो निर्माण कलानेपाली मिडियाले गरेको हो भने सम्पादन प्रेम शर्मा पौडेलले, क्यामेरा रामक्रिष्ण कडेँलले, पोष्ट प्रोडक्सन कोचि मल्टिमिडिया प्रा.लि. ले गरेका छन् । हाइलाइट्स म्युजिकले आफ्नो अफिसियल युट्युब च्यानलमा उक्त भिडियो सार्वजानिक गरको छ ।
सुमधुर स्वरका धनी नव गायक सञ्जिव बुढाथोकीले 'केही यादले' गीत मार्फत आफ्नो कलालाई भरपुर प्रस्तुत गरेका छन् । गीत-सङ्गीतको दुनियाँमा आफ्नै छुट्टै पहिचान बनाउन लागिपरेका नव गायक सञ्जिव बुढाथोकीलाई हाम्रो तर्फबाट धेरै धेरै शुभकामना ।
उनको गीतको भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् ।
https://www.youtube.com/watch?v=FM1MTcbSMMw
Share:

0 comments:

Post a Comment

Recent Posts