Friday, September 20, 2019

फेसबुक ह्याक भयो ? किन फेसबुकमा आफैँ नाम चेन्ज हुन्छ ? पासवर्ड किन मिल्दैन ?

फेसबुक ह्याक भयो ? किन फेसबुकमा आफैँ नाम चेन्ज हुन्छ ? पासवर्ड किन मिल्दैन ?  

                                                 - माधब चौलागाँई


मेरो फेसबुक ह्याक भयो । किन फेसबुकमा आफैँ नाम चेन्ज हुन्छ ? पासवर्ड किन मिलेन ? यस्ता प्रश्नहरु केही हप्तादेखि धेरैले गरिरहेका छन् । केही व्यक्तीहरुको मैले ति अकाउन्ट व्यक्तिगत रुपमा पनि हेरेको छु । जति हल्ला गरिएजति त्यति केही भएको छैन् । समस्याहरु अवस्य देखा परेका छन् । थोरै मात्रामा ह्याक भएका छन् तर धेरै जसोको अकाउन्ट आफ्नै गल्तिले त्यस्ता समस्या देखा परेका छन् ।
 विभिन्न समयमा सेलिब्रेटी तथा भिआईपीहरुको अकाउन्टमा ह्याक हुने गरेको छ तर सर्वसाधारण व्यक्तीहरुको अकाउटमा ह्याकरहरुलाई केही मिल्नेवाला छैन् । फेसबुक जस्तो कम्पनीमा ह्याक गर्न सजिलो छैन् । ह्याक गर्नका लागी बिशेष किसिमको सफ्ट्वेयर (ह्याकीङ टुल्स), पैसा तथा दिमाग हुनुपर्छ । यो जो कोहीको बस्‌को कुरा होइन । सेलिब्रेटी तथा भिआईपीहरुको इमेज खराब गराउनका लागी ह्याक गर्न तथा गराउन सक्छन् । कतिले गरेका पनि छन् । तर अहिलेको सन्दर्भमा हेर्दा त्यो अवस्था छैन् । उक्त अकाउन्टहरुमा न त कुनै त्यस्तो म्यासेज, पोष्ट या अन्य कुनै गतिविधिहरु पाइएको छ । केबल नाम चेन्ज (परिवर्तन), प्रोफाइल फोटो हटेको  र पासवर्ड परिवर्तन मात्र भएको देखिन्छ । कतिपएकोमा नाम चेन्ज (परिवर्तन) र प्रोफाइल फोटो हटेको मात्र पनि छ । यदि ह्याकरले आफ्नो लाभको लागी गरेको हो भने उसले अनावश्यक म्यासेज, पोष्ट या अन्य कुनै गतिविधिहरु गर्ने थियो । यो अवस्थालाई मध्यनजर गर्दा यहाँ कुनै ह्याकरले ह्याक गरेको देखिदैँन् ।
किन यस्तो समस्या आइरहेको छ त ?
१.     कमजोर पासवर्ड तथा पासवर्ड अपडेट नहुनु ।
२.     Third party app को प्रयोगका कारण ।
३.     प्राइभेसी सेटिङ्ग (Privacy Setting) का कारण ।
४.     फेसबुकका Rules, Terms of Service, Community Standards तथा Policy विपरितका कार्यहरु गरेर ।
५.     अनावश्यक तथा सामाजिक मुल्य-मान्यता विपरितका पोष्ट तथा कमेन्ट का कारण ।

कसरी समाधान गर्ने त ?
१.     बलियो पासवर्ड राख्ने र बेलाबेलामा अपडेट गर्नेः फेसबुकमा पासवर्ड राख्दा जहिले पनि सजिलै गेस गर्न सकिने खालको राख्न हुदैँन् । प्रायः जसोको नाम, फोन नं. जस्ता सजिलै गेस गर्न सकिने खालको राख्छन् । धेरै छोटो अक्षर पनि राख्न हुदैँन् । पासवर्ड राख्दा विभिन्न symbol को प्रयोग गर्नुपर्छ र  सजिलै गेस गर्न नसक्ने अपठ्यारो शब्दको प्रयोग गर्नुपर्छ । र अर्को कुरा एक या दुई महिनामा नियमित रुपमा पासवर्ड परिवर्तन गरिरहनु पर्दछ ।
२.     थर्ड पार्टी एप (Third Party App) को प्रयोग नगर्नेः विभिन्न थर्ड पार्टी एप (Third Party App) को प्रयोगका कारण पनि आफ्नो अकाउन्टका डाटाहरु लिक भइरहेका हुन्छन् । जस्तैः तपाई कुन सेलिब्रेटीसँग मिल्नुहुन्छ ?, तपाईको नामको अर्थ के हो ? आदि आदि । हामीले जानीनजानीकनै ति डाटाहरु उनीहरुलाई दिईरहेका छौ । ति एपहरुमा मागेका permission हरुमा आँखा चिम्लेर 'Allow' गरिदिनाले उनीहरुले हाम्रा डाटाहरु हाम्रै सहमतीमा लगिरहेका छन् । यस्ता एपहरुले हाम्रा डाटा, आई. डि., पासवर्ड, फोटो सबै लिएका हुन्छन् र अन्य कम्पनीहरुलाई बेचिरहेका हुन्छन् । त्यस्ता कम्पनिहरुले यसको गलत फाइदा उठाँउछन् । यस्ता कम्पनिहरुले हाम्रा डाटाहरुबाट हाम्रो क्रियाकलापहरु, हाम्रो गतिविधिहरु नियालीरहेका हुन्छन् ।
फेसबुकले समेत हाम्रो क्रियालकापहरुलाई ठुलाठुला कम्पनिहरुलाई बेचिरहेको छ । त्यस्ता कम्पनिहरुले हामीले धेरै हेर्ने गरेका वेभसाइट, प्रडक्ट लगायतका बिषयहरुमा तथा हामीले गरेका पोष्ट र कमेन्टका आधारमा विज्ञापनहरु दिने गर्छन् । जस्तैः कसैले ब्युटि प्रडक्टका बारेमा फेसबुकमा धेरै सर्च गर्छ भने ब्युटि प्रडक्टको विज्ञापन बढि देखाइदिन्छ । कुनै इलेक्ट्रोनिक सामानको बारेमा सर्च गर्छ भने त्यही सम्बन्धि विज्ञापन देखाइदिन्छ ।
३.     प्राइभेसी सेटिङ्ग (Privacy Setting) परिवर्तन गर्नेः हामीले फेसबुकमा राखेका प्राइभेसी सेटिङ्ग (Privacy Setting) का कारण पनि हामी ह्याकरहरुको फन्दामा पर्ने गरेका छौ र छन् । हाम्रो व्यक्तिगत फोन नं., इमेल आई.डि.हरु सबैले देख्ने गरी राख्नाले पनि जो कोहीले पनि सजिलै पत्ता लगाउन सक्छ । ति बाहेक अन्य यस्ता धेरै सेटिङ्गहरु हुन्छन् जसले गर्दा हाम्रो अकाउन्टलाई असर पुर्‌याउछँ । त्यस्ता सेटिङ्ग (Setting) लाई बन्द गर्नु पर्छ । आफ्ना व्यक्तिगत सुचनाहरुलाई जति व्यक्तिलाई देखाउने हो त्यहि अनुसारको सेटिङ्ग (Setting) गर्नुपर्दछ । प्रायः मानिसहरुले मोबाइल नम्बरबाट मात्र फेसबुक अकाउन्ट बनाएका हुन्छन् । एक वा सो भन्दा बढि इमेल अकाउन्ट कनेक्ट गरी अकाउन्ट बनाँउदा बढी सुरिक्षत र रिकभर (Recover) गर्न सजिलो हुन्छ ।
४.     फेसबुकका Rules, Terms of Service, Community Standards तथा Policy विपरितका कार्यहरु नगर्नेः फेसबुकका Rules, Terms of Service, Community Standards तथा Policy विपरितका कार्यहरु कहिल्यै पनि गर्न हुदैँन् । सार्वजानिक पद धारण गरेका व्यक्ति तथा अन्य व्यक्ति माथि असभ्य, अभद्र व्यवहार, पोष्ट, कमेन्ट तथा म्यासेज गर्न हुदैँन् । कुनै लागू औषध, आपराधिक कार्य गर्ने वा गर्न उक्साउने खालका सामग्रीहरुको पोष्ट, कमेन्ट तथा म्यासेज गर्दा फेसबुकले त्यस्ता कन्टेटलाई ब्लक गर्ने, चेतावी दिने, वारम्बार त्यस्ता कार्य गरेमा अकाउन्ट नै ब्लक र बन्द गरिदिन्छ । यदि कसैले तपाँईको पोष्ट, कमेन्ट तथा म्यासेजमा Report गरिदिएमा spam या Rules, Terms of Service, Community Standards तथा Policy विपरित देखिएमा पनि त्यस्तो अकाउन्ट नै ब्लक र बन्द गरिदिन्छ । त्यसैले फेसबुक चलाउन भन्दा पहिले फेसबुकमा Rules, Terms of Service, Community Standards तथा Policy पढ्नु जरुरी छ ।
५.     अनावश्यक तथा सामाजिक मुल्य-मान्यता विपरितका पोष्ट तथा कमेन्ट नगर्नेः  फेसबुक एक सामाजिक संजाल हो । आफ्नो विचार तथा भावनाहरु राख्न त पाइन्छ तर कसैको विरोध गर्ने तथा अपशब्दहरु प्रयोग गर्न पाईदैँन् । कसैको व्यक्तिगत जिवनमाथी असर पर्ने गरी कुनै पनि कार्यहरु गर्न हुदैँन् । जब कसैले त्यस्तो कार्य गरेमा हामीले त्यस्ता व्यक्तीका अकाउन्ट तथा पोष्टहरुलाई Report गर्न सकिन्छ तर अनावश्यक दुःख दिने मनासयले कदापि गर्न हुदैँन् । त्यसरी कुनै अकाउन्ट तथा पोष्टहरुलाई Report गरेमा वा गरेको भएमा फेसबुकले त्यसलाई चेक गरी त्यस्ता अकाउन्ट तथा पोष्टहरुलाई ब्लक गर्ने वा बन्द गर्ने काम गर्दछ ।
तसर्थ, आफ्नो अकाउन्टलाई जोगाउने जिम्मेवारी आफ्नो हुन्छ । र कसरी जोगाउने भन्नेबारे राम्रो ज्ञान हुनु आवश्यक हुन्छ । जसलाई सेक्युरिटी सम्बन्धि ज्ञान छैन् उसले नचलाँउदा नै राम्रो हुन्छ या त संवेदनशिल कुराहरु नराख्दा ठिक हुन्छ । यदि चलाउनै पर्छ भने सेक्युरिटी सम्बन्धि ज्ञान लिएर मात्र चलाउन सकिन्छ । जो सँग सेक्युरिटी सम्बन्धि ज्ञान छैन तिनिहरुको अकाउन्ट ९० प्रतिशत फेसबुकले नै बन्द गराएको छ । अहिले देखिएको समस्या पनि यहि हो । बेलाबेलामा फेक अकाउन्ट लगायत Terms of Service, Community Standards तथा Policy विपरितका अकाउन्टहरु एकसाथ हटाइ रहेको छ । सामाजिक संजाललाई विकृतीको रुपमा होइन शिक्षामुलक बनाऔँ । यसबाट हामीले धेरै कुरा सिक्न सक्छौ । धेरै कुरा सिकाउन सक्छौ ।                         


Share:

Related Posts:

0 comments:

Post a Comment

Recent Posts